Photo Pasal
  • Categories
    • Printers & Spares [1] Professional Photographer [9] Framing [16] Wedding vendors [2]
    • video production [1] Photo Goods [6] Wedding Mandap Decoration Car decoration
    • Photo Printing [5] Camera & Accessories Computer
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

12th Annual General Meeting of Kathmandu Photographers Association (KPA)

Share
12th Annual General Meeting of Kathmandu Photographers Association (KPA)
काठमाडौं । काठमाडौं उपत्यकामा व्यवसायीक फोटोग्राफी गर्दै आएका फोटोग्राफरहरू को संस्था काठमाडौं फोटोग्राफर संघ (केपिए) को १२औं बार्षीक साधारण सभा सम्पन्न भएको छ । बि.सं. २०६५ मा स्थापित यस संधले नेपाली फाेटाेग्राफरकाे हक हितमा धेरै याेगदान गरिसकेकाे यस संस्थाले व्यवसायी सदस्य साथिहरू बिच अापसि भातृत्वकाे भावना विकसित गराउदै सिपमुलक सम्मान मुलक कार्यक्रमहरू अगाडि बढाइरहेकाे छ । यस संधकाे  संस्थापक अध्यक्ष श्री अाेम बहादुर पाण्डे हुनुहुन्छ भने भुत पुर्व अध्यक्ष श्री बालकृष्ण श्रेष्ठकाे कार्यकालमा संधले धेरै फडकाे मारेकाे थियाे उक्त समयमै यस संधमा ४ सयकाे हाराहारिमा सदस्यहरू संधमा अावद्दता भैसकेका थिए ।अाज सम्पन्न यस कार्यक्रममा साधारण सभाको प्रमुख अतिथिकाे रूपमा बरिष्ठ फोटोग्राफर तथा फोटो पसलका अध्यक्ष योगेन्द्रजंग बस्नेतले उद्घाटन समेत गर्नु भएकाे थियाे भने सो क्रममा बोल्दै बस्नेतज्युले फोटोग्राफी क्षेत्रमा नयाँ बजारको खोजि हुनुपर्नेमा जोड दिदै अब सिप बेच्न अग्रसर रहनु पर्छ फाेटाेग्राफरहरू अनि मात्र पेशाकाे उत्थान हुन्छ,उनले भने, ‘उहिं पुरानो शैलीले अब फोटोग्रफर बाँच्न समेत गाह्रो हुने अवस्था सृजना भएको छ यसको लागि संघ संस्था तथा आम सरोकारवाला मिलेर नयाँ बजार खाजौं ।’ आर्थिक आर्जनको लागि फोटोग्राफी उपयूक्त पेशा होईन भनेर यदि कसैले भनिरहनु भएकाे भए उक्त कुरा गलत भएको भन्दै उनले आफू के मा पछाडी छु भनेर समस्या पत्ता लगाउन र समयमै आफ्नो कलाको बजार आफैले खोज्दै बजारमा समयानुकुल अग्रसर रहन जाेड दिनु भयाे ।
 
 
संघ संस्थाहरुले पनि सबै फोटोग्राफरलाई माया गर्नु पर्ने बताउदै बस्नेतज्युले अब व्यवसायिलाइ थप नविन सिपकाे कला दिएर व्यवसायिलाइ अझै परिस्कृत गर्नु पर्ने मा जोड दिए। काठमाडौं फोटोग्राफर संघले सबै फोटोग्राफरको हित र उन्नतिको लागि सबैलाई लाभ हुने काम गर्नु पर्ने बस्नेतको तर्क थियो । एक अर्कामा सहकार्य नगरी व्यावसाय अगाडि बढाउन नसकिने भन्दै बस्नेतले सबैजना मिलेर गाडि बढ्नु पर्ने बताए ।
 
 
 
साँथै उनले, वेडिंग फोटोग्राफीको क्षेत्र अत्यन्तै विशाल भएकोले फोटोग्राफरले कला देखाउने मुख्य माध्यम बनेको बताए । नेपाल बाहिर सात बर्ष क्रुजमा काम गर्ने अवसर पाएको प्रसंग निकाल्दै बस्नेतले भने, ‘नेपालमा हुँदा आफू सबैभन्दा बढि जान्ने जस्तो लाग्थ्यो तर जब अमेरिका पुगे मैले आफैंले आफैलाई सबैभन्दा कम जान्ने भएको महशुस गरेको थिएं ।’ उनले यो प्रसंग मार्फत सवैलाई आफूमात्र जान्ने भनेर असहयोगी नबन्न आग्रह गरेका थिए । बरिष्ठ फोटोग्राफर बस्नेतले फोटोग्रफीलाई कसरि उद्योगको रूपमा रुपान्तरण गर्ने भन्ने नेपाल बाहिरको फोटोग्राफीले सिकाएको बताए ।
 
त्यस्तै, बरिष्ट फोटोग्राफर रत्नमान आशुले फोटोग्रफीको क्षेत्रमा योगदान गर्ने महान व्याक्ति अनुकरणीय हुन भन्दै कार्यक्रममा सम्मानित भएका सबैलाई बधाई दिए । फोटो आफैमा एउटा महत्वपूर्ण बस्तु भएकोले फोटोग्राफीलाई समय अनुसार परिवर्तन गर्दै लानुपर्ने उनले बताए । त्यस्तै, बरिष्ठ फोटोग्राफर तथा ल्याबको क्षेत्रमा विशेष योगदान गरेका हरि पाण्डेले भने, ‘फोटोसँग जन्मियौं फोटो सँगै मरौं, फोटोलाई माया गरौं ।’ उनले फोटोग्राफी आफैं सम्मानित र मर्यादित पेशा भएको टिप्पणी गरे । कार्यक्रममा फोटो पत्रकार संघका अध्यक्ष प्रदिप वन्त, उत्प्रेरक वक्ता रविन कटुवाल लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
 
 
साधारण सभामा विगत काठमाडौंमा ४५ बर्ष देखि फोटोग्राफी गर्दै आएका कर्णबहादुर श्रेष्ठ र महिला फोटोग्राफर करिष्मा काप्रीलाई सम्मान गरेको छ । संघका एरिया कमिटिका प्रतिनिधीहरूलाई प्रमामाण पत्र वितरण गरिएको थियो । त्यस्तै, विभिन्न तालिम तथा कार्यक्रममा सहभागिता तथा फोटोग्राफीको उन्नति तथा समृद्दिमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम समापन गर्दै संघका अध्यक्ष मोति वोगटीले सवैलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यदिशा र योजना फोटोग्राफरको हितमा हुने गरि तय गरिने बताए ।

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2023 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line