Photo Pasal
  • Categories
    • Printers & Spares [1] Professional Photographer [9] Framing [16] Wedding vendors [2]
    • video production [1] Photo Goods [6] Wedding Mandap Decoration Car decoration
    • Photo Printing [5] Camera & Accessories Computer
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

182 अाै विश्व फाेटा दिवसमा Couple Portrait Photography Competition-2021

Share
 182 अाै विश्व फाेटा दिवसमा Couple Portrait Photography Competition-2021

काठमाडौं । फोटोग्राफीको क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको फोटो पसलले १८२औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर नेपालका व्यवसायीक फाेटाेग्राफर एवं फाेटाे उपभाेक्ताकाे हितलाइ ध्यान दिएर आयोजना गर्न लागेको कप्पल फोटो प्रतियोगिताको लागि तयारी तिव्र पारेको छ । विभिन्न जिल्लाबाट संयोजक चयन तथा फाटो कलेक्सनको कार्य भइरहेको छ । यसैक्रममा हाल 37 जिल्ला संयाेजक चयन गरि यसकाे प्रचार प्रसारमा तिब्रता ल्याइसकेकाे सबैमा जानकारि गराउदछाै । हरेक वर्ष फरक फरक फोटोग्राफी विधामा प्रतियोगीता गर्दै अएकाे फोटो पसलले गत वर्ष कोरोना भाइरस सम्वन्धि जन चेतना फैलाउन भर्चुअल माध्यमबाटनै कोभिड– १९ फोटोग्राफी प्रतियोगीता विश्व फोटो दिवस अगस्ट १९ मा गरेकाे थियाे ।

 

नेपालमा फोटोग्राफी निक्कै परिस्कृत एवं व्यवसायी हुदै गएकाे र फोटोग्राफी पेशाले धेरै युवालाइ राेजगारि समेत दिइरहेकाे हुनाले यसलाइ अभै व्यवस्थित प्ररिस्कृत गर्दै अगाडि बढाउनु पर्ने अहिलेकाे परिपेक्षेमा फाेटाेपसलका अध्यक्ष एवं वरिष्ठ फाेटाेग्राफर याेगेन्द्र जंग बस्नेत दृारा निषेधाज्ञामा पनि भर्चुअल अनलाइन फाेटाेग्राफी कक्षा निशुल्क गरि सिप अभिवृदिमा हातेमालाे गरिरहेकाे र अब सिप निखारतालाइ जवलन्त बनाउन प्रतियाेगिता गर्दै उत्साहित गर्ने पर्ने भएकाेले Couple Portrait Photography Competition-2021‘युगल पोर्ट्रेट फोटोग्राफी प्रतियोगीता’ विश्व फोटो दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको फाेटाे पसलले 182 अाै विश्व फाेटा दिवस अायाेजक समिति गठन गरि संयोजक हरी पाण्डेज्यु ,बिक्रम न्याैपानेलाई जिम्मेवारी प्रदान गरेकाे छ ।

यश प्रतियोगितामा युगल जाेडिकाे फाेटाे कुनै पनि माेवाइल क्यामरा वा डिजिटल क्यामरा बाट खिचिएकाे सम्बन्धित फोटोहरुलाई प्रतियोगितामा प्राथमिकता दिइनेछ, यस प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन , प्रतियोगितामा सहभागी हुनका लागि फाेटाेपसलकाे वेवसाइड काे अवार्ड शाखामा गई फर्म भरेर अाफ्नाे मेल गर्न सकिनेछ । फोटो कम्तिमा पनि  2000x4000 पिक्सेलकाे साइजकाे हुनु पर्ने र प्रिर्न्ट गर्न मिल्ने र आफैले खिचेकोमात्र पठाउनु पर्ने छ । प्रतियोगिताको विजेता छनोटका लागि आयोजक कमिटिले नेपालबाट वरिष्ट फोटोग्राफर याेगेन्द्र जंङ्ग बस्नेत दक्षिण अमेरिकि महादेश त्रिनिडाड एण्ड टाेबागाेका फाेटाेग्राफर जेम्स बी साेलाेमन एवं भारतका फाेटाेग्राफर किगन डेनिस ३ सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ ।

प्रतियोगिताको प्रथम , दोस्रो पुरस्कार र तेस्र पुरस्कार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसलको छ । सम्पुर्ण सहभागीलाई आयोजक कमिटिले डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गर्दै आयोजक कमिटिले सहज परिस्थिति आएपछि अनलाइन वा अफलाइनमा प्रर्दर्शनी गर्न जानकारि समेत गराउदै उक्त फोटो विक्रि वितरण समेत गर्ने र उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने कुरामा सहमति जनाउनु पर्ने जनाएको छ ।

साथै प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नेछन् । फोटो यहि श्रावण १५ भित्र पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कप्पल अर्थात युगल संग सम्वन्धि भएकाे फाेटाे हुनु पर्ने तर अापत्तिजनक,उत्तेजक,नग्नता,हिंसा,मानव अधिकार अल्लधण एवं अाक्रामक अादि समावेश भएमा वा धार्मिक,सांस्कृतिक र नैतिक परम्परा बिरूदृ देखिएमा उक्तफाेटाेहरू कडाइका साथ प्रतिबन्धित गरि तुरून्तै खारेज गरिनेछ भन्दै थप नियमकाेलागी photopasal.com काे अवार्डमा गइ हेर्न सकिने व्यवस्था समेत रहेकाे जानकारि गराउनु भयाे ।

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2022 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line