Photo Pasal
  • Categories
    • Printers & Spares [1] Professional Photographer [9] Framing [16] Wedding vendors [2]
    • video production [1] Photo Goods [6] Wedding Mandap Decoration Car decoration
    • Photo Printing [5] Camera & Accessories Computer
  • Home
  • About Us
  • Photographers
  • Blog
  • Award
  • Sign in /Register
  • Cart (0)

Covid-19 photo competition Winner announcement 2020

Share
Covid-19 photo competition Winner announcement 2020

कोभिड–१९ फोटो प्रतियोगिताका विजेता घोषणा,

क–कसले जिते ?

काठमाडौं  । कोभिड–१९ फोटो प्रतियोगितामाको नतिजा घोषणा गरिएको छ । १८१औं विश्व फोटोग्राफी दिवशको अवसरमा एक कार्यक्रम आयोजना गरि फोटो पसलले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतियोगितामा सहभागी सयौं फोटो प्रतिष्पर्धीमध्ये दाङ्गका झग्गु प्रसाद चौधरीको फोटोले प्रथम स्थान हासिल गरेको छ, भने  काठमाण्डाैका रविन कार्काको फोटो दाश्रो भएको छ । त्यस्तै, पाेखराकी राधिका

कंडेलको फोटोले तेस्रो स्थान हात  पारेकाे छ । देशभरबाट संकलन भएका फोटोहरुको छनौटको लागि तीनजनाको निर्णायक मण्डल बनाइएकाे थियाे जसमा

बरिष्ठ फोटो पत्रकार विकास रौनियार,

बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठ,

बरिष्ठ पत्रकार मधुसुदन पौडेल थिए ।

                                 

 

                          प्रथम पुरस्कार विजेता फाेटाे ( दाङ्ग- झग्गु प्रसाद चाैधरी )

 

                           

                              दृतिय पुरस्कार विजेता फाेटाे ( काठमाण्डाै - रविन कार्की )

निर्णायक मण्डलले गरेका निर्णय अनुसार तस्विरलाई विजेता घोषणा गरिए थियाे । विजेताहरुलाई  कोरोना माहामारीको संक्रमणलाई ध्यान दिंदै भर्चुअल कार्यक्रम मार्फत प्रतियोगिताको नतिजा फोटो पसलका

अध्यक्ष योगेन्द्रजंग बस्नेतले शार्वजनिक  गर्दै ‘कोभिड–१९ को असर, डर त्रासको बीचमा वितेको दैनिकी तथा कोरोनाबाट बच्न अपनाउन सकिने उपाय तथा असरबारे देशभरीबाट आएका फोटोहरुले काेराेना बाट

बच्ने सन्देश दिने कुरा जानकारि गराउदै निर्णायक मण्डल निर्णय गर्ने कठिनकाम गर्नु भएकाेमा धन्यवाद व्यक्त गर्नु भयाे ।

 

                              तृतिय पुरस्कार विजेता फाेटाे ( पाेखरा- राधिका कडेल )

 

प्रतियोगिताको विजेता घोषणा कार्यक्रममा बोल्दै बरिष्ठ फोटो पत्रकार तथा कान्तिपुर दैनिकका पुर्व फाेटाे सम्पादक विकास रौनियारले फोटो महत्वपूर्ण  भएकाले

यो प्रतिष्पर्धाले कोभिडको असर तथा यसबाट बच्ने उपायबारे थप प्रचार प्रसार भएको तथा आगामी पुस्तालाई पनि काभिड बारे जानकारी गराउन सजिलो हुने बताउदै 

उत्कृष्ट १० फाेटाेको नाम घोषणा साथै तिन जनालाइ पहिलाे ,द्राेस्राे र तेस्राे फाेटाे  विजेताकाे नाम धाेषणा समेत गर्नु भयाे  ।’ त्यस्तै, निर्णयक मण्डलकाे अर्का  सदश्य

तथा बरिष्ठ फोटो पत्रकार नरेश श्रेष्ठले फोटोग्राफरले अझैं आफ्नो क्षमता थप तिखार्दै लानुपर्ने बताए । त्यस्तै, मधुसुदन पौडेलले प्रतियाेगीतामा उत्साहपूर्ण सहभागिता

रहेको र फोटो पसलको यो प्रयाशले अझैं थप उत्साह प्रदान गर्ने बताउनु भयाे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले समेत  शुभकामना व्यक्त गरेका थिए ।

 

 " १८१ अाै विश्व फाेटाेग्राफी दिवस  आयोजक समिति " का अध्यक्ष हरि पाण्डेले सहयाेगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै

अगामी दिनहरुमा यस्ता गतिविधीलाई थप प्रभावकारी बनाइदै लगिने उल्लेख गर्दै कार्यक्रमलाइ प्रत्यक्ष वा पराेक्ष रूपमा सहयाेग गर्नेलाइ हार्दिक अाभार व्यक्त गर्नु भयाे ।

 

 

Contact info

Photo Pasal Pvt. Ltd.

Kathmandu

9862254011

photopasalnepal@gmail.com

Useful Link

  • Home
  • About Us
  • Contact Us
  • Award

About us

  • Photographers
  • Blog

© 2023 Photo Pasal, All rights reserved. Developed & maintained by Webtech Line